काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित “चक्रवात दाना” को अंशको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी दुइटा प्रणालीको प्रभावले शनिबार बिहान कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको, अन्य प्रदेशहरूमा आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखी साधारणतया बदली र बांकी भू(भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यसैगरी पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
शनिबार राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार राति कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।