काठमाडौं ।अमेरिका विरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा ओपनर आशिफ शेखले अर्धशतक हानेका छन्।
क्लिन स्विपका लागि १५७ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले दसौं ओभरको समाप्तिमा अर्धशतक पूरा गरेका हुन्।
अर्धशतक हान्ने क्रममा पाँच चौका र २ छक्का हाने। एघारौं ओभरमा उनी ड्रिसडेलको बलिङमा जसदीप सिंहबाट क्याच आउट भए।
११ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।