
धुलिखेल । नेपाल बार एशोसिएसन काभ्रे इकाईमा पिपिएलए निकट अधिवक्ता हरिशरण दाहाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दि अधिवक्ता जयराम थापा डिडिएलए निकट हुन् । कानून व्यवसायीहरुको संगठन पिपिएलए एमाले निकट र डिडिएलए काँग्रेस निकट संगठन हुन् ।
दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुह सहितकोसमर्थन थियो भने थापालाई समाजवादी, नेपाली कांग्रेस निकट संगठन डिडिएल को एउटा समुहका कानून ब्यवसायीहरुले समर्थन गरेका थिए ।
दाहाल सहित उपाध्यक्ष निरोजप्रसाद नेपाल, सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्ष मुकुन्द मुनाकर्मी, सह सचिव लालतारा अधिकारी निर्वाचित भए । यसैगरी सदस्यहरुमा दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा, महेन्द्र तामाङ र रमिता मानन्धर निर्वाचित भए । । पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, रामप्रसाद मानन्धर,कुमार थापा सहित बरावर मत पाएर फडिन्द्र कार्की र राजु केसी निर्वाचित भए ।
केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन भएका थिए ।
मतदानका लागि १ सय २३ सदस्यीय मतदातामा १ सय १५ मत खसेको थियो ।
बार एशोसिएसन काभ्रेमा नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी भएको आँकलन छ ।
नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुको समुहले विशेष साधारण सभाको माग गरे पछि आयोजित सभाबाट कार्तिक ३ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार पुर्व अध्यक्ष अधिवक्ता कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा अधिवक्ता प्रदिप सापकोटा र अधिवक्ता प्रतिभा खत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो ।सोहि समितिले निर्वाचन गराएको थियो ।



