
काठमाडौँ । बडादसैँ अन्तर्गत महअष्टमीको दिन आज पनि घर फर्कने यात्रुहरुको चाप निकै देखिएको छ ।
नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको हो ।
घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमशः कम हुँदै गएको जानकारी दिए । । दसैँमा उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।
