KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
अल अमिरेत रंगशालामा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपाल लगातार दोस्रो जितसँगै शीर्ष–६ को सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो ।
यता, ओमान पनि जित निकाल्दै शीर्ष चारको यात्रा सहज बनाउने लक्ष्यमा छ । पहिलो खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो ।
अंकतालिकामा ओमान २९ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलबाट २६ अंक जोडेर छैटौँ स्थानमा उक्लिँदा क्यानडा ३४ खेलबाट २५ अंकका साथ सातौँमा झरेको छ ।





