
काठमाडौँ । मधु आचार्यले नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
उम्मेदवारी दर्ता गर्ने दिन आज उनले उपसभापतिमा मनोनयन दर्ता गराउने बताए ।
उनको चर्चा महामन्त्री पदमा भएको थियो ।
विशेष महाधिवेशन र रूपान्तरण एजेन्डाको कार्यभार पूरा गर्न उपसभापतिमा उम्मेदवारी दिने आचार्यको भनाइ छ ।
विधान अनुसार एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति हुने व्यवस्था छ। चार उपसभापतिमा एक महिला अनिवार्य गरिएको छ। उपसभापतिको दुई पदमा खुला तर्फबाट प्रतिस्पर्धा हुनेछ।




