
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
उमेदवारको प्रथम नामावली प्रकाशन दिउँसो साढे ४ बजे हुनेछ । उमेदवारीको दरखास्तमा दावी विरोधका लागि साढे ४ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।
दावी विरोधउपर जाँचबुझ साढे ५ देखि साढे ६ बजेसम्म हुनेछ ।
निर्वाचन समितिका अनुसार उमेदवारको दोस्रो नामावली प्रकाशन बेलुका ७ बजे हुनेछ ।

