
काठमाडौँ । नेपाली कांग्रेसले जारी महाधिवेशनबाट केन्द्रीय समितिको आकार २८१ सदस्यीय बनाउने भएको छ।
२०७८ मा भएको १४ औं महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसमा भएको विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो। उक्त आकार बढाएर २८१ सदस्यीय बनाउने सहमति नेताहरूबीच भएको एक नेताले जानकारी दिए।
नयाँ संरचनाअनुसार अब कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको छ। तीन महामन्त्रीमध्ये एक महिला रहने पनि व्यवस्था छ।
खुलातर्फ केन्द्रीय सदस्य ४५ जना रहनेछन् भने खुला महिलातर्फ १७ जना रहने बताइएको छ ।
