एथलेटेक्सि, स्वीमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ वटा विधा समावेश गरी सञ्चालन भएको यो प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टिमहरू सहभागी छन् ।

काठमाडौँ ।नेपाली सेनामा ‘प्रधानसेनापति ट्रफी’ सुरु भएको छ ।
सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले लखनखेलस्थित खेल मैदानमा प्रधानसेनापति ट्रफी २०८३ को शुभारम्भ गरेका हुन् ।
नेपाली सेनाभित्र रहेको प्रतिभावना खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरू तयार पार्नु यसेको उद्देश्य रहेको बताइन्छ । यो ट्रफी २०६५ सालदेखि सुरु भएको हो ।


