
काठमाडौं । नेपाली उसु खेलाडी सुस्मिता तामाङले जापानमा जारी एसियाली खेलकुदअन्तर्गत थाउलोको महिला छानछ्वानको स्पर्धामा १३औँ स्थान हासिल गरेकी छन् ।
सोमबार आइचीको प्रिफेक्चुरल मार्सल आर्ट हलमा सुस्मिताले कुल ९.५८० अंक प्राप्त गरिन् ।
उनले क्वालिटी अफ मुमेन्टमा ४.९०, ओभरल पफर्मेन्समा २.६८० र डिग्री अफ डिफिकल्टीमा २.०० अंक जोडिन् ।
१६ खेलाडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा हङकङकी हुइ यु शाम लिडियाले स्वर्ण, मकाउकी चो मान सोउले रजत र युजेनिया डिभा विदोदोले कांस्यपदक जिते ।




