
काठमाडौँ ।रसुवाको भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि संयुक्त राज्य अमेरिकाले थप मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री उपलब्ध गराएको छ।
अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत उक्त सामग्रीहरू आज नेपाल आइपुगेका हुन्।
नेपाल सरकारको प्रत्यक्ष आग्रह अनुसार पठाइएका यी विमानहरूले विपद् व्यवस्थापन तथा उद्धारका लागि ५ हजार थान विशेष सामग्री, ५०० वटा प्राथमिक उपचार किट (फर्स्ट एड किट), स्ट्रेचर तथा फ्रन्ट-इन्ड लोडरहरू ढुवानी गरेका छन्।
यी उपकरण तथा राहत सामग्रीले नेपाली सुरक्षा निकायको नेतृत्वमा जारी खोज, उद्धार तथा पुनर्लाभ कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताइएको छ ।


