
काठमाडौं । सर्वदलीय बैठक फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६) दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।
बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा बस्नेछ ।
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, त्यसपछि खोजी तथा उद्धार कार्य, राहत र पुनर्स्थापनाका विषयमा बैठकमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा यही विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको थियो ।
