
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि केही समय बूढीगण्डकीको सहयक नदी स्यारखोला थुनिएको छ ।
सोमबार बिहान करिब १० बजे पहिरो खसेपछि पहिरो स्यार खोलाको छेउसम्म आइपुगेको स्थानीयले जानकारी दिएका छन् ।पहिरो ठूलो भए पनि अहिले नदीमा ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै रूपमा बगिरहेको स्थानीयले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय गोरखाले बूढीगण्डकी नदी साविककै गतिमा बगिरहेको जानकारी दिएको छ ।
पहिरोका कारण जोखिम हुन सक्ने भन्दै धादिङ–गोरखा हुँदै बग्ने बूढीगण्डकी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।



