
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ।
प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्।
चितवन २५९ जना,नवलपरासी पूर्व १८४ जना, नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको छ । यस्तै, गोरखा ५८ जना,नुवाकोट: ५२ जना,धादिङ:५० जना, तनहुँ: ३६ जना,रसुवा: १३ जनाको शव फेला परेका छन् ।
बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना ९सेना ४५, प्रहरी २७, सशस्त्र १३० समेत रहेका छन्।यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्।
रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ।


