
काठमाडौँ। भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्।
पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा बिहीबार बिहान पत्रकारहरुले प्रहरी परिसरको कार्यालय अगाडि धर्ना दिएका हुन्।
नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरू त्यहाँ पुगेका थिए।
पत्रकारहरुले किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी पनि गरेका छन्।
धर्नाका क्रममा पत्रकार र प्रहरीबीच धकेलाधकेल पनि भएको थियो। उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् ।

