
काठमाडौं । प्रहरीले विराटनगरको औद्योगिक घराना देवनरा ग्रुपमा छापा हानेको छ । मुन्दडा समूहका सञ्चालकको विराटनगर महानगरपालिका–७, मेघराज मार्गमा अवस्थित घरमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको छ ।
प्रहरीले बिहानैबाट घेरा हालेर खानतलासी गरिरहेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोली त्यहाँ पुगेको छ । तर, यसबारे प्रहरीले खुलाएको छैन ।
बिहान ४ः४५ बजे प्रहरी टोली पुगेको थियो । यो समूहका मुख्य सञ्चालक उधोगी प्रकाश मुन्दडा हुन् । उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत उधोग सञ्चालन गर्दै आएका छन् ।
उनले साबुनलगायत उधोगमा पनि संयुक्त रूपमा लगानी गरेका छन् । मुन्दडा मोरङ उधोग व्यापार संघका पूर्वअध्यक्ष हुन् ।

