
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ हुनेछ ।
सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
त्यसका लागि सुनवाइ समितिको बैठक आज बिहान सवा ११ बजे सिंहदबारमा बोलाइएको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।


