
काठमाडौं साउन ३ गते ।नेपाल १० औं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । २७ स्वर्ण, १४ रजत र ११ कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा भारत १७ स्वर्ण, १६ रजत र १७ कांस्यसाथ दोश्रो तथा बंगलादेश १२ स्वर्ण, १५ रजत र ३४ कांस्यसाथ तेश्रो बने । श्रीलंका र पाकिस्तानले क्रमशः ५ र २ स्वर्ण हात पारे ।



