
काठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।
बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक जेठ १४ गते विहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
