
बुटवल। बुटवलस्थित नव जागृति पुस्तकालयमा नेपाल स्रष्टा समाजको केन्द्रीय टोलीलाई नव जागृत पुस्तकालय,विश्व हिन्दु महासंघ नेपाल,नव जागृति बहुउद्देश्यीय ट्रष्ट,सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रम लगायतका पदाधिकारी एवं सदस्यहरुले एक कार्यक्रममा स्वागत गरे ।
सोही कार्यक्रममा प्रमुख अतिथि नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले समाजको परिचय सहित गरिएका गतिविधिहरु बारे जानकारी दिए ।
सोही कार्यक्रममा पुस्तकालयबाट प्रकाशित बुलेटिन नव जागृति पूर्णाङ्क १३८,अंक ७ तथा ॐ ज्ञानज्योति अङ्क १३३ समाजका पदाधिकारी तथा सदस्यहरुबाट लोकार्पण गरियो ।

पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा.हिरण्यलाल ज्ञवाली,प्रा.डा. बाबुराम ज्ञवाली,विश्वहिन्दु महासंघका केन्द्रीय सचिव पुनाराम पोखरेल,समाजका केन्द्रीय सदस्य माधव विडारी लगायतले मन्तव्य राखे ।
कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरिन् ।
उक्त कार्यक्रममा समाजका तर्फबाट संरक्षक पवन आलोक,महासचिव प्रकाश घायल सहित सदस्यहरु मधु पाठक,शंकर भारती,माधव विडारी र प्रदीप सापकोटा समेत सहभागी थिए ।




