
काठमाडौं ।नेपाल भाषा साहित्य दबूले नेपाल भाषाका लघुकथा सर्जक नरेश अमात्यलाई ‘याताज श्याम विश्व सिरपा पुरस्कार’ बाट शनिबार सम्मान गरेको छ।
याताजका अध्यक्ष विमलकुमार ताम्राकारको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा नेपाल भाषा एकेडेमीका भाइस प्रेसिडेन्ट डा. पुष्पराजराज कर्णिकारको प्रमुख आतिथ्यमा भएको थियो।
प्रमुख अतिथि डा. पुष्पराज कर्णिकारले रूपैयाँ २५,५५५। नगदराशीको साथ प्रशंसापत्र अर्पिएको हो।
वर्षभरिमा प्रकाशित नेपाल भाषाका लघुकथासङ्ग्रहमध्ये सर्वोकृष्ट पुस्तकलाई यो पुरस्कार दिइँदै आएको छ। यस पटक अमात्यको स्वां लघुकथासङ्ग्रहलाई सर्वोत्कृष्ट कृतिको रूपमा छनोट गरी पुरस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कार साहित्यकार श्याम आशा र उनकी धर्मपत्नी विश्व कायस्थको नाममा स्थापित छ।
पुरस्कृत अमात्य यसअघि पनि आखे लघुकथाकथासंग्रहबाट पनि पुरस्कृत भइसकेका थिए। उनका आखे, निल र स्वां तीन पुस्तक प्रकाशित छन्।
भक्तपुर पार्टी भेनु सूर्यविनायक नगरपालिका ख्वप (भक्तपुर) मा भएको कार्यक्रममा सुरेन्द्रलाल भुजूको मनूत छेँय् लिहाँवयाच्वन चिबाखं मुना लोकार्पण पनि भएको छ। कार्यक्रममा सय जना साहित्यकारको उपस्थिति थियो।

