काठमाडौं। हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ ।
देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।
दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।
