gokul
काठमाडौं।नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने पनि प्रवृत्तिका रहेको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन् -‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता।
उनले अगाडि लेखेका छन् – ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’


