
गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् ।
शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।

