
काठमाडौं।रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उनीहरू मंगलबार (असार २४ गते) बिहान ७ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।

सम्पर्कविहीन हुनेमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल), चन्द्रप्रकाश ओली (सब–इन्जिनियर) छन् । त्यस्तै, निशा आचार्य (सब–इन्जिनियर), शिवकुमार वली (खा.पा.स.टे), प्रदीप केसी (सवारी चालक) सम्पर्कविहीन छन् ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा यो कुरा जनाइएको छ।
े
