
काठमाडौं।दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछिको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । धेरै मानिस बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन् ।
टेक्सासको सान एन्टोनियो सहरमा वर्षापछि सडकमा बाढी आउँदा सवारीसाधन समेत अवरुद्ध भएको केएनएसले जनाएको छ ।
सान एन्टोनियो फायर विभागले पीडितको खोजी गरिरहेको जनाएको छ ।
वासिङटन । दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछिको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । धेरै मानिस बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन् ।
टेक्सासको सान एन्टोनियो सहरमा वर्षापछि सडकमा बाढी आउँदा सवारीसाधन समेत अवरुद्ध भएको केएनएसले जनाएको छ । सान एन्टोनियो फायर विभागले पीडितको खोजी गरिरहेको जनाएको छ ।
हालसम्म मृतकको संख्या १० पुगेको सहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।
सान एन्टोनियोका मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा परेका मानिसको खोजी र उद्दार कार्य जारी राखिने बताएका छन् ।





