
काठमाडौं ।आज प्रतिनिधि सभा बैठक बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ुपानी जहाज ९ सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ु का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ुसंघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु पेस गर्ने कार्यसूची छ।
आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ।


