
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र पेड्रोबीच आइतबार भेटवार्ता भएको हो ।
दुई देशबीचको आपसी सम्बन्धका विषयमा भेटवार्ताको क्रममा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







