
काठमाडौं । नेपाल स्रष्टा समाज,बागमती प्रदेशको आयोजनामा काव्य वाचन सम्पन्न भएको छ ।
श्री झोर महाँकाल मा.वि.,टोखामा आयोजित उक्त काव्य वाचन कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गरिएको थियो ।
नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कविहरुले काव्य वाचन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोदनले साहित्य समाजको दर्पण भएको बताए । उनले भने-“साहित्यिक गतिविधिले विद्यार्थीहरुमा सिर्जनशीलता,संवेदना र सामाजिक चेतना अभिवृद्धि गर्छ । ग्रामिण विद्यालयहरुसम्म साहित्यिक अभियानहरु लैजानु हामी सबैको साझा जिम्मेवारी हो । साहित्य मार्फत विद्यार्थीहरुले आफ्ना भावना र दृष्ट्रिकोण व्यक्त गर्न प्रेरणा मिलोस भनेर हामीले यस्ता कार्यक्रम विद्यालयमा गरेका हौं । ”

उनले यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिवद्धता जनाए ।
विद्यालयका सहप्रधानाध्यापक रमेश अधिकारीले विद्यालयको समग्र अबस्थाको बारेमा जानकारी दिदै कविता वाचन गरे ।
कार्यक्रममा विद्यार्थीहरुका रचनाहरु सुनिएका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक सहित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु समेत सहभागी थिए ।
समाजका बागमती प्रदेशका संयोजक रविन्द्र आशिष शैलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन समाजका बागमती प्रदेश सचिव हरिकृष्ण धितालले गरेका थिए ।




