
काठमाडौं।उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ नियात्राकृति ‘अक्षत अन्टार्कटिका’ सर्जक जीवा लामिछानेलाई प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. वासुदेव त्रिपाठीले नियात्राकार लामिछानेलाई गैरआख्यान कृतिलाई मात्र प्रदान गरिने ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरे । पुरस्कारका साथ नगद एक लाख एक रुपैयाँ समेत प्रदान गरियो ।
लामिछानेको ‘अक्षत अन्टार्कटि’का फाइनप्रिन्टले बजारमा ल्याएको हो ।


