काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बुधबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।