
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न मागेको अनुमति काठमाडौं जिल्ला प्रशासन कार्यालयले अस्वीकार गरेको छ।
प्रशासन कार्यालयका अनुसार राप्रपाले आमसभा गर्न अनुमति माग्दै पठाएको पत्र चैत २२ गते शुक्रबार अपराह्न ४.२१ बजे इमेलमार्फत प्राप्त भएको थियो।
प्रशासन कार्यालयले आइतबार राप्रपालाई पत्रको जबाफ दिँदै चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न उपयुक्त नभएकाले अनुमति नदिइएको बताएको हो।

पूर्वनिर्धारित विभिन्न पक्ष(शिक्षक,जनमोर्चा) को आन्दोलन समेत हुँदै आएकोले सूरक्षा संवेदनशिलताको आधारमा उक्त स्थान उपर्युक्त नभएको प्रशासनले जनाएको छ ।
यसैले जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा राप्रपालाई आमसभा आयोजना गर्न अनुरोध गरेको छ ।







