काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबार पुगेर सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।
लामिछानेसहित रास्वपा सांसदहरूले शुक्रबार सभामुखलाई भेट्न लागेका हुन्।
प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार जाँदैछन्।
सभामुख भेट्ने टोलीमा सभापति लामिछाने पनि सहभागी रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
हाल लामिछानेको पद निलम्बनमा परेको छ ।
रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन्।

