
काठमाडौं । सहिद गंगालाल श्रेष्ठको सम्झनामा बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरियो ।
सहिद गंगालाल फाउन्डेसन,नेपालले सहिद दिवसको अवसरमा काठमाडौंमा ‘क्रियटिभ होराइजन’ कार्यक्रमको आयोजना गरेको हो ।
रसियन कल्चर सेन्टर कमलपोखरीमा भएको उक्त कार्यक्रममा फाउन्डेसनले ‘क्रिएटिभ होराइजन’ कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विद्यालयका विद्यार्थीहरू माझ कला, निबन्ध, कविता र वक्तित्वकला विधामा प्रतिस्पर्धा गराएको थियो ।
कार्यक्रममा कला, निबन्ध, कविता र वक्तित्वकला प्रतियोगिताका हरेका विधामा पहिलो, द्वितीय र तृतिय हुने विद्यार्थीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा खोप कलेजका विद्यार्थीले सहिद गंगालाल श्रेष्ठको जीवनीसँग सम्बन्धित ‘गंगालालको चिता’ नाटक देखाएका थिए ।
पालका शहीदहरूको विरासतलाई संरक्षण गर्दै देशभक्तिलाई प्रेरित गर्ने, सांस्कृतिक जागरूकता बढाउने र युवाहरूलाई सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजना गरिएको फाउण्डेशनका महासचिव सूर्यद्विप श्रेष्ठले बताए ।




