
काठमाडौं । दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार १७६ जनाको शब भेटिएको छ ।
बाँकी यात्रुहरुको खोजी र उद्धारकार्य जारी छ।
दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेको छ।
जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९..०७ बजे जेजु एयरको ७सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।
१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। भिडिओ फुटेजहरूमा पनि जहाजको पाङ्ग्रा निस्किएको देखिँदैन।
दुर्घटनालगत्तै दुई जनाको भने उद्धार गरिएको थियो। उनीहरू दुवै चालक दलका सदस्य रहेको बताइएको छ। उनीहरूलाई उद्धारलगत्तै अस्पताल लगिएको थियो। दुवै जना खतरामुक्त रहेको पनि योनहापले लेखेको छ।
दुई जनाबाहेक अब कोहीपनि जिवित फेला नपर्ने उद्धारकर्मीहरूले बताएका छन्। यद्यपि ३ जना अझैपनि नभेटिएको योनहाप न्युजले उल्लेख गरेको छ।




