
काठमाडौं । डा. घनश्याम पुडासैनीद्धारा लिखित साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित कृति ‘अमर अधिकारी : व्यक्तित्व र कृतित्व’ एक कार्यक्रमकाबीच लोकार्पण भएको छ ।
कवि शिरोमणी लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अबसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वसचिव तथा गीतकार डा.दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा.पुडासैनी र पुस्तकका पात्र अधिकारीको चर्चा गर्दै सार्वजनिक पुस्तक पठनीय भएको बताए ।
कार्यक्रममा ध्रुवराज खड्काले पुस्तकमाथि विवेचना गरे भने रामप्रसाद पन्त, डा. दामोदर पुडासैनी, डा.ऋषिराज खनाल, लेखक डा. पुडासैनी र अधिकारीले बोले ।

