
काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गरेका छन्।
आइतबार सभापति देउवाले श्रैष्ठलाई कोषाध्यक्ष नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
कोषाध्यक्ष सभापतिले मनोनयन गर्नसक्ने विधानको व्यवस्था अनुरूप आइतबार सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनयन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
पूर्व मन्त्री समेत रहेका श्रेष्ठ कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवासँग राम्रो सम्बन्ध भएका नेता मानिन्छन् ।




