
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०,सानो लोकल गोलभेँडा ८०,रातो आलु ६५,सेतो आलु ६०,लोकल गाँजर १५०,काउली स्थानिय ७०,रातो मुला ५०,सेतो मुला ३५,लाम्चो भन्टा ६०,तने बोडी १४०,मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।
त्यसैगरी तितो करेला १००,परबल लोकल ७०,लौका ६०,घिरौँला ८०,फर्सी पाकेको ४०,मटरकोशा १४०,राजमा घिउ सिमि १२० रुपैयाँ रहेको छ ।
रायोको साग ३०,पालुंगोको साग १००,कन्य च्याउ १८०,डल्ले च्याउ २८०,बकूला १००,तरुल ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ ।
त्यस्तै,स्याउ फूजी २८०,केरा १५०,अनार ३५०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३०० रुपैयाँ रहेको छ ।








