
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार असोज १६ गतेदेखि १८ गतेसम्म बागमती,र कोशी प्रदेशका केही भागमा भारी वर्षा हुनेछ ।
तसर्थ पहिरो जानसक्ने,बाढी आउन सक्ने हुँदा यात्रा गर्दा सावधानी अपनाउन ,ठूलो पानी पर्दा सुरक्षित क्षेत्रमा रहन,नदी किनारमा उच्च शतर्कता अपनाउन,पहिरोको जोखिमका स्थानमा भ्एकाहरु सुरक्षित स्थानमा रहन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईद्धारा हस्ताक्षरित सूचनामा उक्त अनुरोध गरिएको हो ।






