
रामेछाप । बीपी जयन्ती मनाउन गृहजिल्ला मन्थली पुगेका ऊर्जा राज्यमन्त्री तथा रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई कांग्रेसकै जिल्ला सचिवको नेतृत्वको कालोझण्डासहित अवरोध सिर्जना भएको छ ।
मन्थली सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्न जान लाग्दा जिल्ला कार्य समितिका सचिव दीपक खड्कासहित ४०र५०जना कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजीसहित अवरोध गरेका थिए ।
कार्यकर्ताको अवरोधपछि प्रहरीलाई ऊर्जा राज्यमन्त्री तामाङलाई अर्को बाटोतिरबाट लगेको थियो ।
उनीसँग रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने,नेता लेखबहादुर कार्कीलगायत थिए भने जिल्लाका वरिष्ठ नेता र पदाधिकारीले कार्यक्रम बहिस्कार गरेको नेविसंघ केन्द्रीय सदस्य चन्द्र थापा मगरले बताए ।



