काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको षड्यन्त्र विरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन अपिल गरेका छन् ।
आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना लागि नभएर नयाँ जन्मिँदै गरेको आशालाई जोगाउन एक ठाउँमा उभिनुपर्ने बताए ।्
“आम सर्वसाधारण दिदीबहिनी दाजुभाइहरूलाई यो तहको षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानुपरे पनि न्यायका लागि सत्यका लागि तयार रहनका निम्ति म अपिल गर्न चाहन्छु । मेरा लागि होइन, व्यक्तिका रूपमा रवि लामिछानेलाई बचाउनुपर्दैन, तर नयाँ जन्मिँदै गरेको यो आशा यो भरोसालाई चाहिँ जोगाउनुपर्छ साथी हो “उनले भने/षड्यन्त्र गरेर लडाउने प्रयास भए प्रतिवादगर्न पनि उनले कार्यकर्तालाई आग्रह गरे । लामिछानेले हिम्मत भए समाएर लैजान सरकारलाई चेतावनी पनि दिए ।



