
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति फेरि सरेको छ । असोज ५ गतेका लागि तय भएको केन्द्र, प्रदेश र शाखा समितिहरूको निर्वाचनको मिति पुनः सारिएको हो ।

शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ति जारी गर्दै असोज ५ गते गर्ने भनिएको तीनै तहको निर्वाचन अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि तोकिएको मितिमा गर्न नसकिएको जनाएका छन् ।
आगामी असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको कार्यवाहक अध्यक्ष विष्टले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए ।



