एमालेले मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए ।
एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।




