
काठमाडौं । गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई शुक्रबार मर्स्याङ्दीमा भएको बस दुर्घटनाबारे ब्रिफिङ गरेको छ।
२७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा सिंहदरबारस्थित गृह मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गरेका हुन्।
गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्री खड्सेलाई पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको जानकारी गराए ।
घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको पनि उनले जानकारी दिए ।
यसैगरी आजै गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए।
घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको पनि उनले बताए ।



