
भरतपूर । चितवन साहित्य परिषदले प्रदान गर्ने दुईवटा पुरस्कारद्धारा ‘चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार- २०८० ‘बाट यज्ञराज उपाध्यायको ‘काली -कर्णालीको लोकसाहित्य तथा संस्कृति’ तथा ‘चिसाप माधव खनाल साहित्य पुरस्कार- २०८०’ बाट ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’लाई प्रदान गर्ने निर्णय गरेको छ ।३५ हजार पैतालीस रुपैयाँ नगद राशीका दुबै पुरस्कार उहाँहरुलाई प्रदान गर्ने निर्णय भएको परिषदका अध्यक्ष केदारनाथ खनालले बताएका छन् ।
आगामी भदौ १५ गते १५९ औं मोतीजयन्तीको अबसर पारेर उक्त पुरस्कार अर्पण गरिने बताइएको छ ।






