pm office
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद बैठक बस्दै छ।
स्रोतका अनुसार आज साँझ ५ बजेका लागि बोलाइएको बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुनेछ।
तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परेपछि मुख्यसचिव पद खाली भएको थियो। प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव लिलादेवी गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै आएको भएपनि उमेर हदका कारण उनी यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो।
यसैबिच मन्त्रिपरिषद्को कार्यालयले भने आजको बैठक नियमित बैठक भएको जनाउँदै मुख्य सचिव नियुक्तिबारे छलफल हुने कुरा खुलाएको छैन।


