काठमाडौ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला फेरि सरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पेसी चढेको सापकोटाविरुद्धको मुद्दाको फैसला मिति तोकिएको छैन ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार फैसला मिति अझै तोकिइसकिएको छैन् ।
संक्रमणकालीन न्यायासम्बनधी विधेयकमा सहमतिको मस्यौदा आजै मात्र शीर्ष नेतालाई हस्तान्तरण भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका छन् । यस्तो बेला सापकोटालाई थुनामा राखेर अनुसन्धान अघि बढाउने आदेश भएमा शान्ति प्रक्रियामा अदालतको असहयोग हुनसक्ने देखेर अदालतले निसु सरेको जनाउ पेसी सूचीमा गराएको छ ।

