
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
उनले मुख्यमन्त्री नियुक्त भएकोपछि छिटो गरी प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
एमाले समेतको समर्थनमा साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका उनी हुन् ।
लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पूर्व निर्धारित कार्यसूची अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् । उनलाई आफ्नो दल कांग्रेस र एमालेका गरी ६४ जना साँसदको समर्थन छ ।



