
राप्रपाका अध्यक्षहरुको भेला हुने
काठमाडौं । राप्रपाका जिल्ला अध्यक्षहरुको भेला साउन १७ र १८ गते काठमाडौंमा हॅुदैछ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साउन १७ गते धुम्बाराहीमा भेलाको उदघाटन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको पनि उनले जानाकारी दिएका छन् । यसैगरी पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने पनि उनले जानकारी दिएका छन् ।




