
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी प्रस्तुत गरेको छ ।
समितिको मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका सांसदहरूले यो विषय उटाएका छन् । । एमालेका सासद तथा समिति सभापति ऋषिकेश पोखरेलले राजनीतिक सहमति अनुसार अगाडि बढ्न आफू तयार रहेको जवाफ फर्काएका छन् ।बैठकमा माओवादी केन्द्रका सांसदहरू जनार्दन शर्मा, अमनलाल मोदी, लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको नेतृत्व गर्ने संसदीय अभ्यास रहेको बताएर आफुहरुले उक्त समिति पाउनुपर्ने जनाएको छ ।






